अपाङ्गता भएकालाई मौरीपालन तालिम

आदर्श समाज सम्वाददाता
असार १, २०७६
a6086f1aaac58cbe80a6d4ec75d5ccb6_Fotor

वडास्तरीय सृजनशील अपाङ्ग समाज पोखरा–३२ को आयोजना तथा पोखरा–३२ वडा कार्यालयको आर्थिक सहयोगमा अपाङ्गता भएकाका लागि मौरीपालन तालिम संचालन गरिएको छ।

वडाका अपाङ्गता भएकाकालाई लक्षित गरी संचालन गरिएको दुईदिने तालिममा १६ जना सहभागी थिए।

पोखरा ३२ की वडा सदस्य सुनमाया नेपालीले फरक क्षमता भएकालाई सम्मानका साथ दिइएको आधुनिक मौरीपालन तालिमले आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा समाजसेवी बुद्धिमान गुरुङ, प्रशिक्षक गरीबी निवारण कार्यालयका अधिकृत रवीन्द्र अधिकारी, नवराज अधिकारी, नेपाली काँग्रेस वडा सभापति टेकनाथ पन्थी र मेघराज पौडेलले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा फरक हुन नहुने उल्लेख गरे।

वडास्तरीय सृजनशील अपाङ्ग समाज पोखरा–३२ का अध्यक्ष मोहनकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रम सचिव पार्वती वाग्लेले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width