नवलपरासी, १ असार । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरमा सदस्य शुद्धीकरण, नयाँ सदस्यता वितरण र नयाँ सदस्यता शुल्क लगायतको विषयलाई लिएर तालाबन्दी गरेको हो ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीका अनुसार नेपाल पत्रकार महासंघ नवलपुरले सदस्यता शुद्धीकरण नगरी नयाँ सदस्यताको नाममा गैर पत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवी पत्रकारहरुलाई महासंघको सदस्य लिनबाट बञ्चित हुने गरी कार्य गरेको भन्दै तालाबन्दी गरिएको हो ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनी, सचिव शोभा जिसी, सहसचिव भीम राना सहितको टोलीले महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीसँगै जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ नवलपुरमा रहेको नेतृत्व पंक्तिले महासंघलाई पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्न भन्दा पनि दलको भातृसंगठनको रुपमा विकास गर्दै लगेको आरोप पनि लगाएको छ ।
क्रान्तिकारी पत्रकारले नेपाल पत्रकार महासंघको सदस्यता शद्धिीकरण, नयाँ सदस्यता वितरण, सदस्यता शुल्क लगायतको विषय समाधानका लागि क्रान्तिकारी पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित अन्य पेशागत संगठनहरु सहितको प्रतिनिधिहरुको सहभागिता हुने गरी एउटा विशेष समिति बनाएर समाधान खोज्न माग गर्दै तालाबन्दी गरेको जनाएको छ ।
कतिपय महासंघको सदस्यता खुलेको थाहा पाएर कार्यालयमा फारम बुझ्न सदस्यताको लागि निवेदन बुझाउँन आउँदा कार्यालयमा कर्मचारी राखेपनि कार्यालय सधैं बन्द भएका कारण निवदेन बुझाउन नपाएको समेत गुनासो गरेका छन् ।
रामकुमार श्रेष्ठ
Related News
सम्बन्धित समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
hero news full width
मुख्य समाचार
हिउँ नपर्दा चिन्तामा किसान
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७