डडेल्धुरा, १ असार । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हँुदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए । बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ ।
मृतक शिक्षक दुर्घटनाग्रस्त ट्रयाक्टरमुनी च्यापिएकाले अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए । चालक फरार रहेकाले घटनाबारे विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१