पोखरा, ३२ जेठ । पे्स युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले संसदमा ल्याइएको मिडिया काउन्सिल विधेयकका विरुद्ध सम्पूर्ण संचारकर्मी आन्दोलित हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पे्रस युनियन कास्कीद्वारा आयोजित युनियन आवद्ध गण्डकी प्रदेशका संचारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो जोड दिएका हुन् । मिडिया विधेयक संचारकर्मीका अधिकार भन्दा पनि आम नागरिकको अधिकार कटौटी गर्न ल्यायउको हो, पौडेलले भने ।
उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत ११ जिल्लाका जिल्ला अध्यक्ष सहितका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा श्रमजीवी पत्रकारका बारेमा समेत छलफल भएको थियो ।
जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पे्रस युनियनका केन्द्रीय सदस्य टंक अधिकारी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम शर्मा, गोर्खाका अध्यक्ष किशोरजङ्ग थापा, पर्वतका अध्यक्ष छविलाल तिवारी, नवलपरासीका अध्यक्ष ओमराज रानाभाटले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य कैलाशबाबु श्रेष्ठ, संगम घर्ती मगर, बसन्त अधिकारी, पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश सापकोटा, पत्रकार डम्बर अधिकारी, पत्रकार हिमनिधि लौडारी, प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले लोकतन्त्रमा पत्रकारको भूमिका अहिलेको सरकारले बिर्सिएको आरोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
hero news full width
मुख्य समाचार
हिउँ नपर्दा चिन्तामा किसान
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७