पतिको स्मृतिमा वेद विद्याश्रममा अक्षयकोष

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७६
64226676_1437258773083315_1945503198768791552_n

पोखरा, ३२ जेठ । पोखरा–९, चिप्लेढुंगा निवासी दुर्गादेवी पौडेलले आफ्ना पतिको स्मृति तिथिमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रममा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

कार्यक्रममा बोल्दै दाता एवं विद्याश्रम कार्य समिति सदस्य दुर्गादेवी पौडेलले पतिको धार्मिक रुचि र विद्याश्रम प्रतिको सद्भावको स्मरण गराउँदै अक्षयकोषको मूलधनबाट आर्जित व्याजद्वारा विद्याश्रम संचालनमा सहयोग पुग्ने आशा व्यक्त गरे ।

विद्याश्रमका मानार्थ आजीवन संरक्षक डा. त्रिभूवन शर्मा बरालले विद्याश्रमले ज्ञान र विज्ञानलाई विश्वमा चिनाउने कार्य गरेकोमा विद्याश्रम परिवारलाई धन्यवाद दिँदै दाताहरुलाई बधाई समेत दिनु  । दाता परिवार अन्तर्गत समाजसेवी बावुराम अधिकारीले वैदिक संस्कार संरक्षणमा आफ्ना ससुरा वुवाको परिकल्पना अनुसार विद्याश्रमले कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।
विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. कलानिधि पौडेल विद्याश्रम स्थापना कालदेखिका सक्रिय सहयोगी, वैदिक सनातन धर्मका संवर्तक तथा शिक्षासेवी रहेको स्मरण गराउँदै वैदिक धर्म संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए। कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, प्रअ श्रीराम तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

विद्याश्रममा आयोजित उक्त कार्यक्रममा संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायले आशिर्वाद, विद्यार्थी वटुकहरुले वैदिक स्वस्तिवाचन तथा कार्य समिति अध्यक्ष भगवती अधिकारीलाई दाता दुर्गादेवी पौडेलले अक्षयकोष रकम हस्तान्तरण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width