रिङरोडको स्तरोन्नति गरिदै

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७६
sadak bhalam (1)

पोखरा, ३२ जेठ । पोखरा महानगरपालिकाका तीन वटा वडा जोड्ने फूलवारी– भलाम हुँदै बाटुलेचौर सडकको स्तरोन्नति कार्य शुरु भएको छ ।

पोखरा–११ फूलवारी देखि २० को मुख्य केन्द्र भलाम र वडा नं १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर वाटो प्रदेश सरकारको चार करोड ४० लाख रुपैयाँमा स्तरोन्नति गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिए ।

रिङरोडको रुपमा लियएको बाटो नाला सहित नौ मिटर चौडाइको रहने छ । तीनवटै वडालाई पोखरासंग जोडने बैकल्पिक सो सडक निर्माणसंगै यस क्षेत्रको उत्पादनको बजारीकरण सहित स्थानीयवासीलाई यातायाताको सुविधा पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width