म्याग्दी, ३१ जेठ । स्वास्थ्य कार्यालय म्याग्दीले पोषणको अवस्था पहिचानका लागि गरिएको सर्वेक्षण प्रतिवेदन बिहीबार बेनीमा सार्वजनिक गरेको छ ।
सामाजिक विकास मन्त्रालयको अति विपन्न गर्भवती महिला तथा बच्चाहरुको पोषण सुधार कार्यक्रम अन्तरगत गत बैशाख २४ देखि जेठ ३ गतेसम्म ५ वर्ष मुनिका बालबालिका गर्भवती र सुत्केरी आमाको पोषण अवस्थाको बारेमा सर्वेक्षण गरिएको थियो ।
३७० जना महिला स्वास्थ्य स्वमसेविका र ३७० जना स्वास्थ्यकर्मी परिचालन गरिएको सर्वेक्षणमा सात हजार एक सय २५ जना लक्षित बालबालिका र महिला सहभागी थिए । सर्वेक्षणका लागि एमयुएसई टेपको माध्यमबाट पाखुराको नामले पोषणको स्थिति पत्ता लगाइने बिधि प्रयोग गरिएको थियो ।
सर्वेक्षणमा सहभागी छ हजार ४५९ जना ६ महिनादेखि ५ वर्षमुनीका बालबालिका मध्य पोषणका हिसाबले दश जना अति जोखिम र ९७ जना जोखिममा रहेको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख भीम आचार्यले बताए ।
उनका अनुसार सर्वेक्षण गरिएका ६६६ जना गर्भवती र सुत्केरी मध्ये ७ जना अति जोखिममा र २९ जना जोखिममा रहेको पाइएको छ । पाखुराको नाप अनुसार गर्भवती, किशोरी, बच्चा र सुत्केरीहरुलाई तीन वटा समूहमा विभाजन गरिने भएको छ ।
पोषण अवस्था राम्रो भएकालाई हरियो, कमजोर हुदै गएकालाई पहेलो र कुपोषितलाई रातो रंगको वर्गमा सूचिकृत गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । व्यक्ति–व्यक्तिको वडागत रुपमा तयार पारिएको सर्वेक्षण प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइने भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसीको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले पोषण सुधारका लागि लक्षित व्यक्ति र समुदाय पहिचान गर्न सर्वेक्षणले सहयोग गरेको बताए । पोषण सुधारका लागि आवश्यकता अनुसार व्यवहार परिवर्तन, खानपान र स्वास्थ्य सेवामा पहुँच बढाउने किसीमका कार्यक्रम प्रस्ताव गरिएको छ ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१