‘पायल’ को शुभसाइत

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
Film PAYAL_Fotor

फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’को शुभसाइत गरिएको छ। शुक्रवारदेखि छायांकन जाने गरेर फिल्मको शुभसाइत गरिएको हो।

उपत्यकालगायत पूर्वको केही स्थानमा छायांकन हुने फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देन हुन्। समाजमा बढिरहेका विद्यमान आपराधिक घटना समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने निर्देशक लिङ्देनले बताए।

कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रीया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलीप ठकुरी, आरपी दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ।

फिल्मका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन्। सेन्दाङ निजी व्यवसायका साथ १५ वर्षदेखि अमेरिकामा बस्दै आएका हुन्। उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ। सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width