विद्युतीय भुक्तानीमा १० प्रतिशत कर फिर्ता

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
cash-distribution-0002

Walaa, 23, and her three children made the dangerous journey from their hometown of Idlib, Syria in hopes of reuniting with her husband, who took refuge in Germany in July of 2015. Walaa, Sami (4), Fatima (3), and Salma (2) are stuck in Lesvos as they navigate the asylum process. They arrived on a boat from Turkey on 3/19, and hope to be allowed to travel onward by this autumn. Mercy Corps provides cash distributions to Walaa and other refugee families living in the camps for the most vulnerable in Lesvos. For refugees facing an uncertain future, unclear whether they will be allowed to remain in Europe or be deported to Turkey, this cash is a critical resource that helps them meet their most urgent needs. Walaa says she will use the money to buy food and clothing for her children, as well as a special stroller for Fatima. Fatima was badly burned at 8 months old, when a rocket fell on the family’s house. After more than a dozen surgeries, she is still unable to walk, hear or speak. Because the health care infrastructure in Syria has been decimated by the war, Walaa has been unable to get more medical attention or physical therapy for Fatima. The wish for better care for Fatima was a major motivation for the family to seek refuge in Europe.

अब एटीम, भिसा वा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा तिरेको करको १० प्रतिशत रकम उपभोक्ताले नै फिर्ता पाउँछन्

उपभोक्ताले कुनै सामान वा सेवा किन्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तत्काल १० प्रतिशत कर उपभोक्ताको बैंक खातामा आउने भएको छ। आर्थिक ऐन, २०७६ ले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न तथा उपभोक्तालाई करको दायरामा ल्याउन यो व्यवस्था गरेको आन्तरिक राजश्व कार्यालय पोखराले जानकारी दिएको छ।

आर्थिक ऐनमा तत्काल उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम प्रोत्साहन स्वरुप बैंक खातामा फिर्ता हुने भनिए पनि यसको प्रक्रियाबारे भने कार्यविधि बन्न बाँकी छ। ‘अब एटीम, भिसा वा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा तिरेको करको १० प्रतिशत रकम उपभोक्ताले नै फिर्ता पाउँछन्’ आर्थिक ऐन २०७६ ले विभिन्न करहरुको सम्बन्धमा गरेको प्रावधानबारे जानकारी दिँदै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले भने, ‘विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न यसो गरिएको हो। ’

पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक राजश्व कार्यालयको संयुक्त आयोजनामा विहीवार पोखरामा आर्थिक ऐन, २०७६ बारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत उप्रेतीले नवीनतम् सोचबाट शुरु गरिएका ‘स्टार्ट अप’ व्यवसाय दर्ता हुँदा यसअघिका सबै कर र शुल्क मिनाहा हुने व्यवस्था पनि आर्थिक ऐन, २०७६ ले व्यवस्था गरेको जानकारी गराए। सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमै स्टार्ट अप व्यवसायलाई दर्ता प्रक्रियामा आए अगाडिका सबै कर मिनाहा गर्ने घोषणा गरेको थियो।

नयाँ आर्थिक ऐनअनुसार शैक्षिक तथा कानूनी परामर्श केन्द्र, लेखापरीक्षण सेवा पनि मूल्य अभिवृद्धि करमा दर्ता हुनुपनेर्छ भने अब १० लाख रुपैयाँभन्दा माथिको कर भुक्तानी अनिवार्य रुपमा चेक वा विद्युतीय पद्धतिमार्फत भुक्तानी गर्ने व्यवस्था समेत नयाँ आर्थिक ऐनले लिएको छ।

सार्वनिक पूर्वाधार निर्माणको क्षेत्रबाट भएको नाफामा २० प्रतिशत कर छुट, त्यसैगरी सडक, पुलजस्ता पूर्वाधार निर्माणमा ५२ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ। अब कर्मचारीलाई तलब दिँदा पनि स्थायी लेखा नम्बर अनिवार्य चाहिने र स्थायी लेखा नम्बर नभएर गरिएको खर्च कट्टी गर्न नपाइने, महानगर वा उपमहानगरमा व्यवसाय गर्दा ७ हजार ५ सय, नगरपालिकामा ४ हजार र गाउँपालिकाहरुको हकमा २ हजार रुपैयाँ कर तिर्ने व्यवस्था पनि आर्थिक ऐनले गरेको छ। आर्थिक ऐनले आर्थिक सुशासन कायम गराउन डण्ड र जरिवाना व्यवस्थालाई यथावत राखेको छ भने निर्यातलाई प्रोत्साहन गर्न त्यस्ता वस्तुको निर्यातबाट प्राप्त आम्दानीमा कर छुटको व्यवस्थासमेत गरेको छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कर नीतिका परिवर्तनबारे जानकार रहँदै डण्ड र जरिबानाबाट बच्न व्यवसायीरुलाई आग्रह गरे। उनले व्यवसाय गर्दा आफ्नो खाता दुरुस्त अवस्थामा राख्नुपर्नेमा पनि जोड दिए। संघका उद्योगतर्फका उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले पोखरा उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीहरुलाई करसम्बन्धी जानकारी दिने यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन्। संघ महासचिव अर्जुन पोखरेलले व्यवसायमैत्री कर नीति र कर प्रशासन नै निजी क्षेत्रको चाहना भएको बताउँदै करका प्रावधानबारे व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा संघका कार्यसमिति सदस्य हरिराज पन्त र तारानाथ ढुंगाना, चार्टर्ड एकाउण्टेण्ट अनिल लामिछाने, अडान कास्की अध्यक्ष रुद्रनाथ पौडेल, पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन, व्यवसायी बलराम बराल, रुपनारायण भुजेल, चूडामणि अधिकारी, याम पौडेल लगायतले कर भुक्तानीमा देखिएका समस्याबारे जिज्ञासा राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width