चिथाकभञ्ज्याङ ग्रहौं कालिका पदमार्ग बन्ने

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
ggg_Fotor

चिथाकभञ्ज्याङ ग्रहौं कालिका मन्दिर पैदलमार्ग शिलान्यास समारोहका अतिथि

वालिङ ८, चिथाकभञ्ज्याङमा चिथाकभञ्ज्याङ ग्रहौं कालिका मन्दिर पैदलमार्ग शिलान्यास गरिएको छ।

निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वालिङ नगरपालिकाबाट १५ लाख अनुदान, स्थानीय जनसहभागिता १ लाख ७५ हजार गरी कुल १६ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको छ। जसको निर्माण असार मसान्तसम्म सकिने जनाइएको छ।

कार्यक्रममा वरिष्ठ समाजसेवी लक्ष्मीकान्त रेग्मीले विकास निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले स्थानीयको सक्रियतामा थालनी गरिएको पदमार्ग निर्माण कार्य तोकिएको समयमा नै पूरा गर्नुपर्नेमा जोड दिए।

ग्रहौंकालिका मन्दिर ओहोरदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पैदलमार्गले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे।

वडाध्यक्ष कमलप्रसाद सुवेदीले ग्रहौं कालिका मन्दिर पुग्न सो पदमार्ग छोटो हुने र आग्रीडाँडामा होमस्टे बनाउनका लागि तयारी भैरहेकाले पनि यस ठाउँको महत्व अझै बढ्ने बताए।

कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, गीता रनपाल, ग्रहौंसुर धार्मिक तथा पर्यटकीय केन्द्रका उपाध्यक्ष दुर्गाप्रसाद उपाध्यायलगायत बोलेका थिए।

मन्दिर पदमार्ग उपभोक्ता समिति अध्यक्ष केशभक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलकराम उपाध्याय र स्वागत ग्रहौंसुर धार्मिक तथा पर्यटकीय केन्द्र अध्यक्ष सुरजप्रताप खाँणले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width