विमानस्थल निर्माणकालागि सम्भाव्यता अध्ययन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६

तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका जनप्रनिधि विमानस्थल निर्माणको लागि विहीवार सम्भाव्यता अध्ययनमा जुटेका छन्। विकास र नीति निर्माणमा अन्तरकार्यपालिकास्तरीय सम्झौता गरेका तानसेन र बगनासकालीका प्रतिनिधि विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जुटेका हुन्।

बगनासकालीको बराङ्दी र नायरमा विमानस्थलका लागि सम्भाव्यता अध्ययन शुरु भएको हो। बगनासकाली गाउँपालिका कार्यालयमा सम्भाव्यता अध्ययन क्षेत्रको अनुगमनपश्चात फर्किएका एक सदस्यले भने, ‘भर्खर सम्भावित क्षेत्रमा पुगेर आयौं, विकासका लागि सम्भाव्यता अध्ययन गर्ने दुई पालिकाको सम्झौताबमोजिम नै संयुक्त रूपमा सम्भाव्यता अध्ययनको लागि पुगेका हौं। ’

बगनासकाली गाउँपालिका स्रोतका अनुसार अध्ययन टोलीमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, तानसेन नगरापालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी (दर्लामी) नेकपाका कृष्ण भुसाल, राजेन्द्र विश्वकर्मा, स्थानीय सरोकारवाला सहभागी थिए।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार पाल्पामा विमानस्थलको आवश्यकता महसुस गरी सम्भावित क्षेत्रको अध्ययन शुरु गरिएको हो। उनले एक महिनाभित्रमै प्राविधिकको सहयोग लिएर प्रक्रिया शुरु गरिने जनाए। जिल्लामा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि यसअघि पाल्पा छलफल र अन्तरक्रिया उठेका थिए।

दुई कार्यपालिकाको विकास र नीति निर्माणमा साझारूपमा अगाडि बढ्ने सहमति भएको २४ घण्टा नबित्दै भएको पहलाई शुभसंकेतको रूपमा हेरिएको छ। नेपालमा आधिकारिकरूपमा विमानको आरम्भ सन् १९४९ मा एक लोन ४–मिटर बीचक्राफ्ट बोनाञ्जा विमानको अवतरणबाट शुरु भएको लामो इतिहास भए पनि पाल्पामा यसलाई विशेष मानिएको छ।

वुधवार तानसेन नगरपालिकामा बसेको दुवै स्थानीय तहका कार्यपालिका सदस्यको संयुक्त बैठकले विमानस्थल निर्माणको लागि सहकार्य गर्ने लगायत ८ बुँदे महत्वपूर्ण निर्णय गरेको थियो। अन्तरकार्यपालिकास्तरको सहकार्य जिल्लामा यो पहिलो प्रयास हो।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width