लमजुङका धर्मगुरुले बालविवाह रोक्ने प्रतिबद्घता व्यक्त गरेका छन्। धर्म, संस्कृति र रीतिरिवाज नाममा हुँदै आएका बालविवाह रोक्न विभिन्न धर्मका धर्मगुरुले लिखित प्रतिबद्घता व्यक्त गरेका हुन्।
‘परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि धर्मगुरुको भूमिका’ विषय एक दिवसीय प्रशिक्षणका अवसरमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल)को आयोजना तथा ग्रामिण समुदायिक विकास केन्द्र(आरसिडिसी) र जनचेतन अभिवृद्धि र विकास अध्ययन समिति(कोपाडेस) को सहकार्यमा भएको हो।
विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष घनश्याम सुवेदीले उमेर नै नपुगी विवाह गरी सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायत समस्या देखा पर्ने भएको हुँदा बालविवाह रोक्ने पर्ने बताउँदै अबका दिनमा आफूले बालविवाह नगराउने प्रतिबद्धता व्यक्त गरे। तमु पेल्हु संघकी जिल्ला सचिव मनमाया गुरुङले गाउँमा बाल विवाह विरुद्घ सञ्जाल गठन गरेर बाल बिवाहसम्बन्धी जनचेतना फैलाउने तथा बाल विवाह गर्ने र गराउनेलाई कानूनी दायरामा ल्याई कारबाही अघि बढाउने गरेमा बाल विवाहमा कमी आउने बताए। उनले भने ‘अब सबै मिलेर बाल विवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ। ’
कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै आरसिडिसीका शिक्षा परियोजनाका संयोजक प्रमोद घिमिरेले बाल विवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी अभियानकै रूपमा लागि परेको बताए। धार्मिक गुरूलाई जन्मदेखि मृत्युपर्यन्तका गतिविधिमा प्रत्यक्ष वा परोक्ष सहभागी हुने भएको तथा उनीहरूप्रति समाजले श्रद्धा गर्ने, उनीहरूका भनाइलाई अनुशरण गर्ने भएको हुँदा प्रत्येक धार्मिक, सांस्कृतिक तथा धार्मिक अगुवालाई सामाजिक रुपान्तरणमा सहभागी बनाउने उद्देश्यका कार्यक्रमको रहेको उनको भनाइ छ।
उनले समाजमा विद्यमान कुरीति र कुसंस्कारहरू बालविवाह, छुवाछूत, लैङ्गीक/जातिय विभेद, दाइजो प्रथा, बोक्सी आरोपजस्ता सामाजिक कुरीति, कुसंस्कार तथा विसंगति लगायत महिला हिंसा तथा विभेदविरूद्धको अभियान जरुरी रहेको बताए।
कार्यक्रममा लमजुङ जिल्लामा भएका धर्मालम्बी हिन्दू, बौद्ध, इस्लाम, इसाइ, बहाइ, वोन, जैन धर्मका धार्मिक गुरुको उपस्थिति तथा बालविवाह न्यूनिकरण गर्न तथा छुवाछूत, लैङ्गीक/जातीय विभेद, दाईजो प्रथा, बोक्सी आरोप जस्ता सामाजिक कुरीति, कुसंस्कार तथा विसंगति लगायत महिला हिंसा तथा विभेद विरूद्ध आफ्नो आफ्नो धर्ममार्फत सकारात्मकरूपमा अगुवाइ गर्ने प्रतिबद्धता जनाएको कोपाडेस लमजुङका युवाविकास कार्यक्रमका परियोजना संयोजक विष्णु चिलुवालले बताए।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१