हत्याको आरोपमा पक्राउ

रासस
जेठ ३१, २०७६
brazil-police

स्याङ्जा, ३१ जेठ । हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ ।

जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरको सङ्केतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा उनलाई पक्राउ गर्न सफल भएको हो । जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथा नाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पु¥याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width