पोखरा, जेठ ३१ । अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव( नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो ।
थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतले म्याद थपेको थियो । तर आरोपीका आफन्तले गैह्रकानुनी रुपमा पक्राउ गरेर थुनेको भन्दै बन्दी प्रत्यक्षिकरणको रिट हालेका थिए ।
रिटमाथि विहिबार बहस गरेपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । बिहीबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोइराला, मीना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्रबहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेश पछि प्रहरीले पुनः उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । यद्यपी अदालत परिसरबाटै प्रहरीले ९ जनालाई नै पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि उनीहरु नजिकै रहेको उच्च अदालत बार एशोसियनको भवनभित्र बसेका थिए । अदालतले फैसला नगर्दै अदालत परिसरभित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरीपनि तैनाथ राखिएको थियो । अन्ततः मध्येरातमा प्रहरीले ९ जनालाई नै पक्राउ गरी डाँडाको नाक प्रहरी चौकीमा पु¥याएको छ ।
पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले प्रहरीले मानवअधिकार विपरित काम गरेको प्रतिक्रिया दिए । अदालतले नै निर्दोष सावित गरेको ब्यक्तिलाई प्रहरीले धरपकड गरेको गुनासो गरेका छन । मध्येराती करिब १२ बजेतिर प्रहरीले बारको अफिसबाट उनीहरुलाई निकालेर लेखनाथ स्थित डाँडाको नाक प्रहरी चौकी पु¥याएको हो ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
hero news full width
मुख्य समाचार
स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी पक्राउ
असाेज १५, २०८१