विद्युत, खानेपानी र अस्पतालको सेवा प्रभावकारी बनाउन माग

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
1515243323 (1)

लमजुङ, ३० जेठ । बेसीशहर नगरपालिका बासिन्दाहरूले नगरभित्र विद्युत, खानेपानी र अस्पतालको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । नगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ को वार्षिक कार्यक्रम तथा वजेट तर्जुमको सन्दर्भमा आयोजना गरेको सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवाला सहभागीहरूले यस्तो माग गरेका हुन् ।

सदरमुकामको नगरपालिका भएर पनि आम नागरिकको दैनिक जीवनमा अतिनै महत्वपूर्ण रहेका विद्युत, खानेपानी तथा जिल्ला अस्पतालको सेवा राम्रो नभएको भन्दै उनीहरूले नगरपालिकाले हस्तक्षेप गरेर भएपनि सेवा प्रभावकारी बनाउन माग गरेका हुन् । युवा संघ नेपालका केन्द्रीय सदस्य हिरालाल विश्वकर्माले खानेपानी, विद्युत र अस्पतालबाट आम नागरिकले भोग्दै आएका समस्यामा नगरपालिका मूक दर्शक भएर बस्न नहुने र हस्तक्षेप गरेरै भएपनि सेवालाई सहज बनाउनु पर्नेमा जोड दिए । नेकपा प्रतिनिधि एवं वार एकाई लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले युवाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्नुपर्ने, सार्वजनिक जग्गाको एकीन गर्नुपर्ने, उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने र नगरभित्र ‘फ्रि वाईफाई’को व्यवस्था गर्नुपर्ने सुझाब दिए ।

कार्यक्रममा चिती गाउँ विकास समितिका तत्कालिन अध्यक्ष एवं नेकपाका प्रदेश कमिटीका सदस्य फूलबहादुर थापाले कम्तीमा ११ वटै वडा जोडने सडक पक्कि बनाउनुपर्ने, उत्पादन नहुने क्षेत्रमा एकीकृत बस्ती बसाल्नु पर्ने र नियम विपरित संचालन भएका क्रसर उद्योग बन्द गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति बृखराज गुरुङले कृषिमा सिंधै अनुदान दिने व्यवस्था राम्रो नभएको र पकेट क्षेत्र तोकेर उत्पादनका कामलाई अघि बढाउनु पर्ने बताए । मस्र्याङ्दी क्याम्पसका क्याम्पस प्रमुख हरिबाबु थापाले आगामी बजेटमा सामुदायिक क्याम्पसमा पढने गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्राबृत्तिको व्यवस्था गर्नुपर्ने सुझाब दिए ।

नगर प्रमुख गुमानसिंह अर्यालले अध्यक्षतामा भएको कार्यक्रममा ग्रामिण सामुदायिक विकास केन्द्रका अध्यक्ष राजेन्द्र बोहराले बेसीशहर नगर क्षेत्रभित्र पर्ने उदिपुरदेखी बेसीशहर सडक खण्डको मूल सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने, पर्यटन र होमस्टेको प्रर्बद्धन गर्नुपर्ने सल्लाह दिएका थिए । सहभागीहरूले पर्यटन ‘हव’ का रुपमा बेसीशहरलाई विकास गर्नुपर्ने, दुव्र्यसनकाका बिरुद्ध सचेतना मूलक कार्यक्रम अघि बढाउनु पर्ने र फोहरको उचित व्यवस्थापन लगायतका काम प्रभावकारी रुपमा अघि बढाउन सुझाब दिएका थिए ।
कार्यक्रमा राजकुमार विष्ट, भरत भण्डारी, धर्मराज श्रेष्ठ, विमल श्रेष्ठ, हरिजंग तामाङ, बीरेन्द्र गुरुङ लगायतले आगामी बजेटमा सीप र दक्ष जनशक्ति उत्पादन, फूलबारी मंचको उचिव व्यवस्थापन, नगरपालिका भित्रका गौरबका आयोजना, कृषि, जडिबुटी, स्वास्थ्य, शिक्षा र सचेतना मूलक कार्यक्रममामा जोड दिएका थिए ।

नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारीले कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पार्दै नगरपालिका सधै नगरबासीको सल्लाह र सुझाब लिएर अघि बढ्न चाहेको बताए । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मराशिनीले चालु बर्षमा भएको प्रगती र आगामी नीति, कार्यक्रम तथा बजेटको स्वरुपका बारेमा जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width