बीरेठाँटीमा पशु स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
rrrr

जेठ ३० पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका बीरेठाँटीमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आयोजित एवं अन्नपूर्ण गाउँपालिको व्यवस्थापनमा वडा नं ८ अन्र्तगत बीरेठाँटीमा बुधबार शिविर सम्पन्न भएको हो ।
एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण सम्बन्धी शिविरमा भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्रका चिकित्सक ठगेन्द्र प्रसाद अर्याल, पशु विकास अधिकृत सहदेव पौडेल, निर्देशनालयका बरिष्ठ मत्स्य विकास अधिकृत साथै प.बि.अ सुरेश कुमार श्रेष्ठले आ–आफ्ना भनाई राखेका थिए ।

शिविरमा अन्नपूर्ण गाउँपालिका ८ का दुई सय कृषकका १५ सय भन्दा बढी पशुपन्छीको चेकजाँच गर्नुको साथै दुई लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको लिलाधर अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका वडा नं ८ का वडाध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य लिलाधर अधिकारीले राखेका थिए भने सञ्चालन पशु सेवा प्राविधिक ऋषि दाहालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width