लासकार घा, ३० जेठ । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।
यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।
यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा २० तालिबान लडाकू पक्राउ परेका छन । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्त १० दिनयता ती २० लडाकू पक्राउ परेका गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका यी सबै तालिबान लडाकू सरकार विरोधी हिंसात्मक क्रियाकलापहरुमा सहभागी रहँदै आएका छन ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१