पोखरीमा युवकको शव फेला

रासस
जेठ ३०, २०७६
Inar

सर्लाही, ३० जेठ । सर्लाही सदरमुकाम मलङ्गवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ । फेला परेको शव मलङ्गवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तरको रहेको छ । ना२ह १२२३ नंको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो ।

मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब राठोरले बताए । मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

मृतक मेस्तर मलङ्गवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रुपमा काम गर्दै आएका थिए । शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिए । पोखरीमा टेम्पो खसेको अवाज सुनेर राति करीब ११ः३० बजे नै मृतकको शव स्थानीयवासीले निकालेका थिए भने टेम्पो आज बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ । शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…
  • बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका…
  • नवलपुरको ठाउँठाउँमा डुबान

    रामकुमार श्रेष्ठ असाेज १२, २०८१
    नवलपुर । शुक्रबारदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । गैंडाकोट ७, गैरीस्थित सिकारी टोलमा नारायणी…

hero news full width

Recent Posts

भर्खरै