गोर्खा भर्तीबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गरौं

एजेन्सी
जेठ २९, २०७६
images_cms-image-000076570

लण्डन, २९ जेठ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसँग लण्डनको केनसिङटन प्यालेसमा भेट गरेका छन्।भेटवार्तामा प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच नेपाल र बेलायतबीचको सम्बन्धबारे छलफल भयो।

तीन वर्ष अघि नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गोर्खामा भूकम्पका पीडितका लागि बासको व्यवस्था गर्न आफैले श्रम समेत गरेका थिए । प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरिजा मेबीच मंगलबार नै भेटवार्ता भएको छ। लण्डनस्थित मेको निवास टेन डाउनिङ इस्ट्रिटमा भेटवार्ता भएको हो।

नेपाल बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको अवस्थामा, बेलायती प्रधानमन्त्री मेसँग दुई पक्षीय भेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने प्रधानमन्त्री ओलीले बताए। । भेटवार्तामा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मे समक्ष नेपालको लोकतन्त्र, शान्ति सुव्यवस्था र मानवअधिकारप्रति आफू प्रतिवद्ध रहको बताएको भेटवार्तामा सहभागी एक नेपाली अधिकारीले उल्लेख गरे।

बेलायती प्रधानमन्त्री मेले पनि नेपालको विकास र समृद्घिका लागि आगामी दिनहरुमा सहयोगको कटिवद्वता जाहेर गरेको ती अधिकारीले जनाए। दुई देशबीच आपसी सहयोग, सद्भाव र मित्रता कायम राख्न मेसँगको भेटवार्ता सकारात्मक रहेको प्रधानमन्त्री ओलीले महशुस गरेको भ्रमण दलका सदस्यहरूले उल्लेख गरेका छन्।
‘मेसमक्ष प्रधानमन्त्री ओलीले भूतपूर्व बृटिश गोर्खा सैनिकका समस्याबारे सन १९४७ मा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न आग्रह गरे’, भेटवार्तामा सहभागी लण्डनस्थित नेपाली दूतावासका एक अधिकारीले भने।

आधा घण्टा लामो भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी सहभागी थिए। प्रधानमन्त्री मेसँग भेटवार्तापछि प्रधानमन्त्री ओलीले वेष्टमिनिस्टरस्थित बेलायती संसदको भ्रमण गरे। संसदमा उनलाई बेलायती सांसद विरेन्द्र शर्माले औपचारिक रुपमा स्वातग गरेका थिए।

बेलायती संसदमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र मानवअधिकारप्रतिको आफ्नो प्रतिवद्घतामा शंका नगर्न पुनः आग्रह गरे। उनले समृद्घ नेपाल आफ्नो सपना भएको जनाउँदै नेपालीको खुशीका लागि आफू निरन्तर रुपमा लागिरहने बताए।

बेलायती सांसद शर्माले प्रधानमन्त्री ओलीलाई प्रेम स्वरुप टोकन अफ लभ प्रदान गरेका थिए। प्रधानमन्त्री ओलीले एनआरएनए बेलायतका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गरेका छन्। दोहोरो नागरिकताको व्यवस्था सहज र सरल बनाउन सो भेटघाटमा कुराकानी भएको थियो। यस्तै भूपू गोर्खाहरुसँगको भेटवार्तामा बृटिश गोर्खाहरुको समान पेन्सनको सवालमा छलफल भएको थियो।

ओली लण्डनमा प्रवासी नेपाली मंच युकेद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी भए, जहाँ उनले एनआरएनहरूलाई आफ्नो देश फर्केर विकास कार्यमा सहभागी हुन आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width