रत्ननगर, २९ जेठ । नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको छ ।
सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताए । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ ।
“वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्छाैँ उनले भने “एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ । वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ ।”
यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन । सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन । अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१