१४ औँ श्रद्धाञ्जली सभामा क्षेत्रबहादुर केसीको सम्झना

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७६
chhetra-bahadur-kc-pic

पोखरा, २८ जेठ । बिकासबादी नेता हुन्, क्षेत्रबहादुर केसी । १४ वर्षअगाडि तत्कालिन माओबादी बिद्रोहीहरुले उनको गोली हानेर हत्या गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा पोखरामा सक्रिय उनलाई राज्यले शहिद घोषणा गरिसकेको छ ।

पोखरा १४ स्थायी घर भएका केसी राप्रपाकै राजनीति गरिरहँदा वडा अध्यक्ष, नगर विकास प्रमुख लगाएत थुप्रै निकायमा रहेर काम गरेका थिए । उनको लोकप्रियता अझै पनि पोखरेलीमाझ उत्तिकै छ ।

क्षेत्रबहादुर केसीको १४ औँ श्रद्धाञ्जलीसभा पोखरामा विशेष रुपमा मनाईएको छ । श्रद्धाञ्लीसभामा केसीको योगदानको चर्चा भएको थियो । साथै उनले नेपाली राजनीतिमा बिताएका पलहरु उपस्थितहरुले सम्झना गरेका थिए ।

हाल देशव्यापी स्वाभिमान यात्रामा जुटेका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा पनि केसीको श्रद्धाञ्जलीसभामा सहभागी भए । उनले केसीको स्मरण गर्दै राप्रपाले एउटा निर्भिक, अनुशासित, योग्य र कर्मठ कार्यकर्ता गुमाएको बताए । ‘हामीलाई क्षेत्रबहादुर केसीको अभाव सदैव खड्किरहन्छ । पार्टीमा उहाँको सक्रिय सहभागिताले ठुलो तरंग ल्याउँथ्यो ।’ थापाले स्मरण गरे ।

त्यस्तै प्रतिनीधिसभा सदस्य खगराज अधिकारी पनि क्षेत्रबहादुर केसीलाई विशेष रुपमा सम्झिए । ‘पोखराको विकासका लागि उहाँको थुप्रै गुरुयोजनाहरु थिए । तर हामीले पोखराको विकासमा सदैव लाग्ने हाम्रो मित्र गुमायौँ । यद्यपि उहाँको सपना साकार पार्ने बाटोमा हामी सदैव लागिरहनेछौँ ।’ उनले भने ।

श्रद्धाञ्जली सभामा राप्रपाका वरिष्ठ नेता तथा पुर्वमन्त्री भुवन पाठक, पुर्व गृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका केन्द्रीय प्रवक्ता सुशील श्रेष्ठ, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, ाप्रपा कास्कीका जिल्ला अध्यक्ष महेन्द्रबहादुर कार्की लगाएतको उपस्थिति रहेको थियो ।राप्रपा कास्की वडा ईकाई समिति वडा नम्बर १४को आयोजनामा श्रद्धाञ्जली सभा आयोजना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width