खानेपानी फिल्टेसन पोखरीको सिलन्यास

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७६
pppp

पोखरा, २८ जेठ । खोलाको पानी सीधै धारामा खँस्दा पोखरेलीले लेतो पानी पिउन बाध्य छन्, बर्षादको समयमा त त्यो पानी पिउन योग्य छैन । पोखरेलीले धाराबाट धमिलो पानी पिउन थालेको पनि ४० बर्ष पुग्यो, अबको दुई बर्षपछि भने अशिंकाशं पोखरेलीले धमिलो पानी पिउनु पर्ने छैन् ।

जापान सहयोग नियोग (जाईका) को ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा अब पोखरेलीले फिल्टेशन गरेको पानी पिउन सक्ने छन् । मंगलबार खोलाको पानी छान्ने पोखरी (स्लो स्याण्ड फिल्टर) को पोखरा–१९ स्थित पुरनचौरमा खानेपानी मन्त्री विना मगर र नेपालका लागि जापानी राजदुत मासामिची सैगोले सयुक्त रुपमा शिलन्यास गरेका छन् ।

मर्दी खोलाको पानी पहिलो चरणमा छान्ने काम हुन्छ, त्यसपछि ३२ इन्चको पाइपबाट करिब ३ किलोमिटर वरको दुरीमा पुरुञ्चौर स्थित स्लो स्याण्ड फिल्टरबाट पानी सिधैँ पिउन मिल्छ। पुरुञ्चौरमा रहेको स्याण्ड फिल्टरले दैनिक साढे ४ करोड लिटर प्रशोधन गर्छ। पुरुञ्चौरबाट शुद्धिकरण गरिएपछि २० इन्चको ४ वटा पाइपबाट पोखरामा रहेका रिजर्भायर ट्यांकीमा पठाइने छ ।

पानी छान्नका लागि संस्थानले पुरुञ्चौरमा १ सय ३१ रोपनी जग्गा अधिग्रहण गरेको छ। यस अघि नै रहदै आएको पोखरा–२ विन्ध्यवासिनीमा ४० लाख लिटर क्षमताको ट्याङ्की यस अघि नै रहेको छ । अब मालेपाटन, फूलवारी र कोलपाटनमा २० लाख लिटर क्षमताको नयाँ ट्याङ्की बनाउने र पोखरेलीलाई शुद्ध पानी बितराण गरिने छ । पोखराभरी पानी वितरणका लागि १ सय १० किलोमिटर पाइपलाइन बिछ्याइने खानेपानी संस्थान पोखराले जानकारी दिएको छ ।

खानेपानी मन्त्री विना मगलरले पोखरा–१९ स्थित १ सय ३१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्यो ल्स्याण्ड फिल्टर पोखरीको शिलन्यास गर्दै भनिन्– अव अर्को बर्षदेखि पोखरेलीले धमिलो पानी पिउनु पर्ने छन् । नेपालका संविधानले प्रत्येक नागरिकले सुद्ध पिउने पानी पाउनु पर्ने अधिकार छ, सन् २०३० सम्म सबै नेपालीले सुद्ध पानी पिउन सक्ने गरी सरकार अगाडि बढेको दावी गरिन् ।

सुद्ध पानीले अब पोखरेलीको स्वास्थ्यमा सुधार ल्याउने छ, आयु वढाउनुको साथै सरसफाईमा सुधार ल्याउने छ, मन्त्री पुनले भनिन्– जलस्रोतमा विश्वकै दोस्रो धनी देश विणम्वना नेपालीले अझै सुद्ध पानी पिउन पाएका छैनन । नेपालका केही प्रतिशतले जनताले आक्रै खोला र कुवामा पानी पिउन वाध्य छन्, कति महिला पानीकै लागि घण्टौ लाइनमा वस्नु पर्ने वाध्य छन् ।

पानी सुद्ध पिउन नपाएकै कारण देशमा महामारीका रोगहरु हैजा, झाडापखला, रुवा,खोकी, र टाइफाइट जस्ता रोगहरु फैलिने गरेका छन् अब नेपालका प्त्येक घरमा धारा पु¥याएर त्यस्ता रोगबाट बचाउने र नेपालीलाई निरोगी बनाउने कार्यमा संघीय सरकार लाग्छ, उनले भनिन– प्रदेश र स्थानीय सरकारले पनि खाने पानीलाई पहिलो प्राथामिकतामा राख्नु होस ।
त्यस्तै नेपालका लागि जापानी राजदुत मासामिची सैगोले पर्यटकीय क्षेत्र पोखरामा सुद्ध खानेपानी उपलब्ध गराउन जापान सरकारले अनुदान सहयोग प्रदान गरेको बताए । जाइका नेपाल अफिसका प्रमुख प्रतिनिधि युमिको आशाकुमा नेपाल र जापानको सम्वन्ध सधै गाढा रहने बताइन् ।

निर्माणको कामका लागि जापानिज कम्पनी हाजमा एन्दो कपोर्रेसनले निर्माणको ठेक्का पाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो। हाजमा ले ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो। अव कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा काम सक्नुपर्ने भएको छ। तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ।

आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् । खानेपानी संस्थान पोखराका प्रमुख तथा आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर नीरन महर्जनले पानी अशुद्ध र अपुग भएपछि संस्थानले ट्रिटमेण्ट प्लाण्ट बनाउन लागेको हो। ठेकेदार कम्पनीले अप्रिल १५ तारिखदेखि नै काम थालिसकेको छ। विसं २०८० देखि प्रतिवर्ष १६ करोड रुपैयाँका दरले संस्थानले ऋण फिर्ता गर्नुपर्ने छ। समयमै आयोजना सम्पन्न नभए ब्ययभार बढ्दै जाने छ । खानेपानी मुहानमा वासिन्दाले सडक, नदी कटान नियन्त्रण, वृक्षा रोपण लगायतका माग राखेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width