भ्यानको ठक्करवाट युवकको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७६
motorcycle accident

पोखरा, जेठ २८ । पोखरा–१० इन्द्रचोकमा मंगलवार भ्यानको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेजिल्ला निवासी २० बर्षीय कृष्ण प्रसाद चौलागाईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीका अनुसार दुर्घटनामा घाइते चौलागाईंको उपचारका लागि नजिकैको पोखरा हस्पिटल लगिएको भएपनि अस्पताल पु¥याउने वित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । एक यन्टरनेटमा काम गर्ने शिलशिलामा पोखरा आएका चौलागाईले बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टिएको थियो ।

स्कुटर सहित पल्टिएका चौलागाईंलाई पछाडीबाट आईरहेको उक्त भ्यानलले ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकराी दिएको छ । भ्यान चालक नवलपरासीका कृष्ण सुवेदीलाई कास्की प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width