प्रदेश ५ ले ३२ अर्वको बजेट ल्याउने तयारी

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७६
bajet 5

बुटवल २८ ,जेठ । प्रदेश ५ को सरकार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको अन्तिम तयारीमा जुटेको छ ।

प्रदेशका सबै मन्त्रालयले आफनो मन्त्रालयलाई आवश्यक बजेटको बिवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईसकेका छन ।आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश योजना आयोगका पदाधिकारी सदस्यहरु केहीदिनदेखि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म नै बजेटको तयारीमा जुटेका छन । चालु आर्थिक वर्षमा २८ अर्व ९ करोडको बजेट ल्याएको प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्षमा ३२ अर्वको बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारको नीति कार्यक्रम र प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनालाई मुख्य आधार बनाई मन्त्रलायले बजेटको अन्तिम तयारी गरीरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताए । मुख्यमन्त्री आफैले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेकाले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ बजेट निर्माणमा कर्मचारीसंगै बढी खटिएका छन् ।

उनीसंगै मन्त्रालयका बजेट महाशाखाका कर्मचारीहरुले समन्वय गरीरहेका छन । डा. श्रेष्ठले केही प्रदेश गौरवका आयोजना छनौट गरेर बजेट ल्याउने तयारी गरीरहेको जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।

बजेटमा सांसद विकास कोषको माग भने सेलाएको छ । सत्तारुढ दलका सांसदहरुले सांसदलाई बजेट नदिने निर्णय गरेपछि यो विषय भने ओझेलमा परेको छ । तर योजनाका लागि भन्दै सांसदहरुको तीव्र कसरत देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width