नेल्टा कास्कीद्धारा अग्रेजी निबन्ध लेखन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
FB_IMG_1560159325862

पोखरा २७, जेठ । कास्की जिल्ला भरिका विधार्थीका लागि नेल्टा  Nepal English Language Teachers Association  कास्कीले माध्यामिक तहको अग्रेजी निबन्ध लेखन प्रतियोगिता शुक्रबार शीतलादेवी सामूदायिक विधालयमा सम्पन्न भएको छ ।

Effects of Media and Technology on Youth  शीर्षकमा जिल्ला भरीका ५० जना विधार्थीहरुको सहभागितामा बिच भएको प्रतिष्पर्धामा सैनिक आवासीय महाविधालय फूलबारीकी छात्रा देवयानी गुरुङ प्रथम, गण्डकी बोडिङ स्कूल लामाचौरकी छात्रा तान्वी बजिमय द्धितीय, मदरल्याण्ड मा.वि मासबारकी छात्रा सुदीक्षा थापाले तृतीय स्थान र पुष्प सदन एकेडेमी फूलबारी छात्र आकाश भुजेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

नेल्टा कास्कीका कार्यवाहक अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टा गण्डकी प्रदेश सदस्य मुकेश अधिकारी, शीतलादेवी सामूदायिक विधालयका प्र.अ. बाबुराम अधिकारी , कार्यक्रमका संयोजक एवम् नेल्टा जिल्ला सदस्य डिल्लीराम भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिष्पर्धी विधार्थीहरु द्धारा लेखिए निबन्धहरुलाई कोडिङ गरी बिषय बिशेषज्ञहरु बाट नतिजा प्रकाशित गरिएको कार्यक्रमको स्वागत जिल्ला कोषध्यक्ष बोधराज गौतम र सञ्चालन सचिव भूमिराज पण्डितले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width