काठमाडौँ, २७ जेठ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ ।
नेपालमा मनसुन सोमवार अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।” उनले भने ।
मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन् । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।
मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ । न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेकोको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ ।
सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यसवर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गतवर्ष जुन ८ मा मनसुन शुरु भएको थियो ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१