महानायक ५४ वर्षमा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
rajesh hamal

महानायक राजेश हमाल आइतवारदेखि ५४ वर्षमा लागेका छन्। ९ जुन, १९६४ मा पाल्पा तानसेनमा जन्मिएका हमालले २०४८ सालदेखि रजतपटमा डेब्यु गरेका हुन्। २०४८ देखि प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए। आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निदेर्शित सो फिल्मपछि हमालले आफ्नो फिल्मी करिअर शुरु गरेका थिए। तीन दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत फिल्म हमालले खेलेका फिल्महरु हिट मानिन्छन्। उनलाई ‘विद्धान नायक’को रुपमा पनि चित्रित गरिएको पाइन्छ।

राजेश हमालले आफ्नो विद्यालयस्तरीय शिक्षा मस्कोबाट र उच्च शिक्षा एमए अंग्रेजी भारतको पञ्जाव विश्वविद्यालयबाट पूरा गरेका छन्। सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए। एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका राजेशका लागि आफूले गरेका फिल्ममध्य ‘देवता’ र ‘वसन्ती’ सबैभन्दा मनपर्ने फिल्म हुन्। उनलाई नेपाली फिल्मका ‘महानायक’ भनिन्छ। सन् २०१४ मा राजेशले मधु भट्टराईसँग विवाह गरे। ‘शकुन्तला’ हमालले अभिनय गरेको पछिल्लो रिलिज फिल्म हो।

Related News

सम्बन्धित समाचार

hero news full width