बार्टीले जितिन् फेन्च ओपन टेनिस

एजेन्सी
जेठ २७, २०७६
barti

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन्।

शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी माकेर्टा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराइन्।

आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध पारिन्। २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो। उनी १७ महिनाअघि क्रिकेट छाडेर टेनिसमा फर्किएकी थिइन्। उपाधि जितेपछि बार्टी दोस्रो वरीयतामा उक्लिएकी छन्।

भोनड्रोउसोभा १६ औं वरीयतामा पुगेकी छन्। यसैगरी, आइतबार राति हुने पुरुषतर्फको उपाधिका लागि दोस्रो वरीयताका स्पेनिस राफेल नाडाल र चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमबीच भिडन्त हुनेछ। गत संस्करणमा पनि यी दुई खेलाडी फाइनलमा भिडेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width