प्रदेश स्तरीय सहकारी युवागोष्ठी

आदर्श समाज संवाददाता
जेठ २७, २०७६
61821553_399851554205083_8504108436617691136_n

पोखरा, २७ जेठ । सहकारीमा युवाको भविष्य, अवसर र चुनौती, वित्तीय समावेशीकरण मार्फत युवा शशक्तिकरण र युवा वैज्ञानिकको विकास अनुभव लगायतका विषयमा यही जेठमा पोखरामा प्रदेश स्तरीय सहकारी युवा गोष्ठी हुने भएको छ ।

नेपाल बचत तथा ऋण केन्दी्रय सहकारी संघ लि. (नेफस्कुन) को आयोजना तथा कास्की बचत तथा ऋण सहारी संघ लि. र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको सहकार्यमा एक दिने कार्यक्रमको आयोजना गरिएको हो ।

सहकारी क्षेत्रमा युवाको सहभागीता बढाउनु र युवालाई उद्यमी बनाई सहकारी मार्फत नै प्रदेशको समृद्धिमा योगदान पु¥याउने उद्देश्य गोष्ठीको रहेको नेफस्कुनका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक भिमबहादुर गुरुङले जानकारी दिए ।

उनले गोष्ठीमा गण्डकी प्रदेशका १५० जना युवा सहकारीकर्मीको सहभागी रहने र विभिन्न विषयका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञले प्रदेशको समृद्धिको आधार र यस क्षेत्रमा सहकारीको भूमिका, प्रविधिमा युवाको पहुँच, सहकारीमा युवाको अवसर, भविष्य, चुनौती र वित्तीय समावेशीकरण मार्फत युवा शशक्तीकरणलगायत विषयमा प्रशिक्षण दिइने बताए ।

गण्डकी प्रदेशमा ३ हजार ४ सय ५० सहकारीमा ७ लाख ८० जना सदस्य रहेको छन् । यसैगरी सदस्यलाई करिब ४५ अर्ब बढी ऋण लगानी भएको छ भने ८ हजार बढीले प्रत्यक्ष रोजगारी पाएको संयोजक गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width