१२ वर्षपछि बंगलादेशमाथि इङल्याण्डको जित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
icc-cricket-world-cup-england-v-bangladesh_2a0ecac2-8a0b-11e9-8812-e0f6aa62d95d

विश्वकप क्रिकेटको इतिहासमा इङल्याण्डले बंगलादेशलाई १२ वर्षपछि हराएको छ।

शनिबारको अर्को खेलमा घरेलु टोली इङ्ल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो जित हात पारेको थियो।

यसअघि सन् २००७ विश्वकपमा बंगलादेशलाई पराजित गरेको इङल्याण्डले सन् २०११ र सन् २०१५ को विश्वकपमा बंगलादेशसँग हारेको थियो।

इङल्याण्डलाई बिशाल जित दिलाउन जेसन रोएले सानदार शतक जोडे। टस हारेर ब्याटिङको निम्तो पाएको इङल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८६ रन जोड्दा रोए एक्लैले १ सय ५३ रनको इनिङ्स खेले।

खेलको प्लेयर अफ दि म्याच चुनिएका रोएले १ सय २१ बलमा १४ चौका र ५ छक्कासहित १ सय ५३ रन जोड्न सफल रहे। रोएसँगै जोनी बेयरस्ट्रोकले ५१ रन जोड्दा इङल्याण्डले १ सय २८ रनको ओपनिङ साझेदारी पाएको थियो।

बंगलादेशको बलिङमा मोहम्मद सैफुदीन र मेहेदी हसनको नाममा समान २ विकेट रहेपनि सबै बलरहरु महँगो साबित भए। जवाफमा ३ सय ८७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउनु अघि २ सय ८० रनमात्र जोड्न सक्यो। उसको चेजमा शाकिब अल हसनले शतक बनाएपनि अन्य ब्याट्सम्यानले खास योगदान दिन सकेनन्।

१ सय १९ बल खेल्दै १२ चौका र १ छक्कासहित शाकिबले १ सय २१ रन जोडे। यस्तै, मुश्फिकुर रहिमले ४४ र महाम्दुल्लाले २८ रन जोडे पनि जितका लागि पर्याप्त भएन। इङल्याण्डको बलिङमा जोफ्रा आर्चर र बेयर स्ट्रोक्सले समान ३ विकेट हात पारे। य मार्क वुडको नाममा २ विकेट रह्यो।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width