पोखराको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ। आरोही गेल्जे शेर्पाले सो रिसोर्टको लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याएका हुन्।
ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन्। अन्तराष्ट्रिय पथप्रर्दशकसमेत रहेका उनी जेठ २ गते बिहान ७ बजे शिखरमा पुगेका थिए।
सगरमाथा आरोही गेल्जे शेर्पाले शनिबार माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रमका बीच सर्वोच्च शिखर सगरमाथामा रिसोर्टको लोगो पुर्याएको तस्वीर सहितको फ्रेम रिसोर्टका संचालक नरेश भट्टराईलाई हस्तान्तरण गरेका थिए। रिसोर्टका सञ्चालक भट्टराईले पोखराको रिसोर्टको लोगो सगरमाथाको शिखरमा पुर्याएकामा सगरमाथा आरोही शेर्पालाई धन्यवाद दिएका थिए।
कार्यक्रममा होटलका सञ्चालक भट्टराईले शेर्पालाई पर्वतारोहण पर्यटन सम्भावना दूत घोषणा गरे। उनले यस अगाडि पनि विभिन्न देशबाट रिसोर्टले तीन वटा अर्वाड पाइसकेको बताउँदै यो पनि ठूलो उपलब्धी भएको बताए।
सगरमाथा आरोही शेर्पाले माउण्ट कैलाश रिसोर्टको लोगो सगमाथाको शिखरमा पुर्याउन पाउँदा खुसी लागेको बताए। शेर्पाले सगरमाथा २००८ बाट आरोहण गर्न शुरु गरेका हुन् भने अन्नपूर्ण प्रथम (८०९१ मिटर) उच्च हिमालको २०१८ मा आरोहण गरेका थिए।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१