सरकार लोकतन्त्रविरोधी : देउवा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
sher_Fotor

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्रविरोधी भएको बताएका छन्। उनले काँग्रेस पार्टीले सञ्चालन गरेको जागरण अभियानको पहिलो चरण समापनक्रममा लमजुङमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन्।

उनले लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रलाई नेकपा नेतृत्वको सरकारले संकटमा पारेको बताए। उनले वर्तमान सरकारका आफ्नै गतिविधिले सरकार लोकतन्त्रविरोधी भएको प्रमाणित हुँदैआएको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता देउवाले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकार माथि हस्तक्षेप गर्ने र आफू शक्तिशाली बन्न विभिन्न ऐनको तर्जुमा र संशोधन गरेबाट यो सरकार लोकतन्त्र विरोधी रहेको पुष्टि भएको दाबी गरे। उनले तर नागरिकको स्वतन्त्रताविरोधी कुनै पनि विधेयक संसदबाट पारित हुन काँग्रेसले नदिने प्रतिबद्धता व्यक्त गरे। प्रजातन्त्रका लागि फेरि लडार्इं गर्नुपर्ने अवस्था आएको भन्दै उनले ओली नेतृत्वको सरकारको निरंकुश क्रियाकलापबारे आमनागरिक सचेत रहनु आवश्यक रहनु पर्नेमा जोड दिए। काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा काँग्रेसले शान्ति र संविधानको नेतृत्व नगरेको भए अझै पनि मुलुकमा द्वन्द्व चलिरहने दाबी गर्दै शान्ति र विकासको पक्षधर पार्टी भएको भताए। काँग्रेसको नेतृत्वमा स्थापित भएको नागरिक स्वतन्त्रता वर्तमान अधिनायकवादी सरकारले हनन्को प्रयास गरेको बताउँदै त्यस्तो भएका काँग्रेस चुप नबस्ने उनको भनाइ थियो।

पार्टीका केन्द्रीय सदस्य एवं नेपाल महिला संघ केन्द्रीय सभापति डा डिला संग्रौलले महिलाको हक अधिकार सुनश्चित गर्ने पार्टी काँग्रेसमात्र भएको दाबी गरिन्।

केन्द्रीय सदस्यद्वय दिलबहादुर घर्ती र कमला पन्त सहितका जिल्लास्तरका विभिन्न नेताले मन्तव्य राखेका थिए। नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले दलको केन्द्रीय निर्देशन अनुसार जागरण अभियानअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा कार्यक्रम गरी पहिलो चरण सम्पन्न गरेको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width