घरभित्र बस पस्दा ५ घाइते

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
Bus-Acc

नवलपुरको मध्यबिन्दुको चोरमारा बजारमा ना२ख ९०२६ नम्बरको बस अनियन्त्रित भई घरभित्र पस्दा ५ जना घाइते भएका छन्।

भ्यालबास चोरमारा रुटमा चल्ने बस मध्यबिन्दु नगरपालिकाको कार्यालय नजिकै रहेको तोसबहादुर आलेको घरमा पसेको हो।

घरमा पस्दा बाहिर बेञ्चमा बसिरहेको ५ जना महिला घाइते भएका छन्। मध्यबिन्दु ७ मा भएको घटनामा स्थानीय देउमाया आले, भीमा आले, सावित्री घर्ती, सरिमा सोतीमगर र आइतीसरी मगर घाइते भएका छन्।

बस चालक र बस प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width