प्रजातान्त्रिक विचार समाजमा सुवेदी

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
subadi_Fotor

प्रजातान्त्रिक विचार समाज स्याङ्जाको तेस्रो अधिवेशनले मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। समितिको पहिलो बैठकले अन्य १० जना सदस्य थप गर्ने भएको छ।

समिति उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी, सचिवमा सीता गैह्रे, कोषाध्यक्षमा रामचन्द्र अर्याल, सहसचिवमा जीवन रेग्मी चयन भएका हुन्।

सदस्यमा भवानी अधिकारी, ऋषि भण्डारी, कमल गुरुङ, भीमप्रसाद पंगेनी, गुणनीधि काफ्ले, इन्द्र गोदार, नरबहादुर पौडेल, अर्जुन गैह्रे, श्रीकृष्ण सिग्देल, अनुप श्रेष्ठ रहेका छन्।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सचिव बासुदेव भण्डारीले अधिवेशन उद्घाटन गर्दै कुनै राजनीतिक दलको पृष्ठपोषण भन्दा आमनागरिकका वाक तथा प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, लोकतान्त्रिक पद्दति अवलम्बन गर्दै अघि बढ्ने समाजको उद्देश्य रहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेश संयोजक अकलदेव मिश्र, प्रजातान्त्रिक विचार समाज कास्कीका सचिव शिशुकला पराजुली, सदस्य शान्ति भुषाल, सल्लाहकार खगेन्द्रराजग रेग्मी, डा यामबहादुर क्षेत्री, पत्रकार महासंघका सभापति ओमप्रकाश शर्मा, प्रेस युनियन जिल्ला सभापति प्रदीप कोइराला लगायतले स्याङ्जा पठित तथा बौद्धिकहरुको जिल्ला भएको बताउदै राज्यका गतिविधिबारेमा जानकारी गराउन नागरिक समाजसम्म पुग्नका लागि प्रजातान्त्रिक विचार समाजको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए।

समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धुव पंगेनीले स्वागत एवं सचिव इन्द्रबहादुर गोदारले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width