पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
7d222393-c401-4058-b2e5-485124e338f4_16x9_788x442

भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन्। पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन्। विपक्षी समर्थकहरुसँग बेला बेलामा भाजपाका कार्यकर्ताहरुको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो। भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो।

भाजपाले देशभरी ३०३ स्थानमा जित हासिल गरेको छ। यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो। भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएका छन्।

त्यसैगरी त्रिणमुल कङ्ग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ। सो पार्टीकी नेतृ ममता बनर्जीको प्रभाव धेरै रहेको छ। भाजपाको झण्डा र पोस्टर राख्नेक्रममा पछिल्लो झडप भएको पार्टीका प्रदेश महासचिव सायन्तन बसुले जानकारी दिए । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेको बताउँदै आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको दाबी गरे। त्रिणमुल पार्टीका प्रदेश मन्त्री ज्यातिप्रियो मलिकले भने भाजपाका कार्यकर्ताले आफ्ना एक कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन्। मलिकले भने “पार्टीको बैठकका लागि जाँदै गरेको बेला हाम्रा एक कार्यकर्तालाई भाजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए, त्यसपछि भाग्न खोज्दा गोली प्रहार गरेर उनको हत्या भयो। ”

Related News

सम्बन्धित समाचार

hero news full width