शुक्लागण्डकी ६ को वडासभा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
khairenitar_Fotor

शुक्लागण्डकी वडा ६, खैरेनीटारको आयोजनामा आर्थिक वर्ष २०७६/०७७ को योजना तर्जुमा कार्यक्रम खैरेनीटारमा सम्पन्न भयो।

प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका मेयर किशान गुरुङ्गले वडा बलियो नभई नगर बलियो नहुने बताए। उनले संघीयता बलियो हुन पनि स्थानीय तह बलियो हुनुपर्ने जनाए।

उपमेयर सविता रसाईलीले जनताका सबै आवश्यकता एकै पटकमा पूरा गर्न नसकिने भएकोले प्राथमिकताको आधारमा पूरा गर्दै जाने बताइन्। उनले जनताले जनप्रतिनिधिले गरेका कार्यलाई अनुगमन गर्न अनुरोध गरिन्।

नगरपालिका प्रवक्ता खिमबहादुर कुमालले जनताका चाहना तथा आवश्यकता अनुसारका योजना नभएमा योजना असफल हुने जनाए। उनले समृद्ध हुन उत्पादनसँग जोडिन जरुरी रहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवबहादुर अधिकारी, वडा ७ वा वडा अध्यक्ष रामबहादुर क्षेत्री, नेकपाका जिल्ला सदस्य रामचन्द्र उपाध्याय, नेपाली काँग्रेसका रेशमलाल पौडेल, जनमुक्ति पार्टीका जयबहादुर थापा, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, शुक्लागण्डकी आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष बिमल जिसी, खैरेनीटार महिला विकास सहकारी सचिव बिन्दु तिम्सिना, तीनखोले देवी पूजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारी लगायत बोलेका थिए।

वडा ६ अध्यक्ष कृष्णबहादुर पौडेलले वडाको लागि ८७ लाख ९७ हजार रुपैया बजेट नगरपालिकाबाट बिनियोजन भएको र वडाभरिका २८ ओटा टोल विकास संस्थाहरु तथा विभिन्न ठाउँ संघसंस्थाबाट आवश्यक योजना मागको बारेमा जनाकारी गराए।

शुक्लागण्डकी ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रममा स्वागत वडा सदस्य बुद्धिबहादुर थापा र सञ्चालन सचिव रचना शर्माले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width