पर्वतमा अपाङ्गता भएका व्यक्तिहरु सहकारीप्रति आकर्षित

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७६
paapapap

पर्वत, २६ जेठ । अपाङ्गगता भएका व्यक्तिहरुले आफ्नो हक अधिकारसंगै आर्थिक रुपमा शसक्त बन्नका लागि सहकारीमा आवद्ध हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल अपाङ्गग उत्थान समाज पर्वतको अगुवाईमा पर्वतमा रहेका सम्पूर्ण अपाङ्गगता भएका व्यक्तिहरुलाई सहभागी गराई सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्ने उनीहरुले बताएका छन ।

नेपाल अपाङ्गग उत्थान समाज पर्वतले आइएनएफ कास्की कलष्टरको सहयोगमा कुश्मामा आयोजना गरेको ३ दिने सहकारी व्यवस्थापन तथा लेखापालन तालिम समापनका क्रममा सहभागीहरुले सहकारीमा आवद्ध भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा गठित १४ वटा समुहका ३० जनाको सहभागिता रहेको तालिमका सहभागीहरुले समुहमार्फत संकलन गर्दै आएको रकमलाई संस्थागत गर्दै अगाडि बढ्ने बताएका हुन् । समुहका सदस्यहरु मिलेर मासिक १ सय रुपैया जम्मा गर्दै आएका उनीहरुले १६ लाख रकम जम्मा गरिसकेका छन् ।

पर्वत जिल्लाका साविक ६१ वटै गाविसमा अपाङ्गगता भएका व्यक्तिहरुको सञ्जाल रहेको र सबैलाई समेटेर सहकारी गठन गरी वित्तीय लगायत क्षमता विकासका काम गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको नेपाल अपाङ्ग उत्थान समाज पर्वतका कार्यक्रम संयोजक जगन्नाथ शर्माले बताए ।

अपाङ्गगता भएकाहरुलाई समाज गरिने व्यवहारमा परिवर्तन ल्याउन तथा आर्थिक रुपमा आत्मनिर्भर हुनका लागि सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको उनीहरुले बताए । हामीलाई सहकारी बारे पहिला थाहा भएन, अहिले जानकारी भयो, अब सहकारीमार्फत फरक क्षमता भएकाहरुको आर्थिक विकासमा हामी जुट्छौ, तालिमका सहभागी पारसमणी सुवेदीले भने ।

अपाङ्गता भएकाहरु र उनीहरुका परिवारका सदस्यहरुको सहभागिता रहेको तालिमका सहभागी लक्ष्मी शर्माले सहकारीले सबै सदस्यलाई मालिक बनाउने भएकाले आफु सदस्य भएको सहकारीमा कारोबार गरेर थप आयआर्जन गर्न सकिने भएकाले सहकारी आवश्यक रहेको बताए । उनले अहिले अरुले सञ्चालन गरेका सहकारीमा कारोबार गरेका छौ, अब हाम्रो आफ्नैै सहकारी बनाएर अगाडि बढ्न पर्छ ।

तालिममा सहकारीको उदेश्य, आवश्यकता, महत्व र यसबाट हुने फाइदा लगायत सहकारी सञ्चालन प्रक्रियाका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width