रुपन्देहीको देवदहमा युवाको हत्या, हत्या आशंकामा ५ पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७६

बुटवल २६ जेठ । रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो ।

कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

थापालाई आफनै साथीभाइले कुटपिट गरेको आशंका गरीएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो ।

प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलले बताएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवलमा ल्याइसकिएको छ ।

देवदह क्षेत्रमा केहि महिना अघिमात्र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो । त्यस्तै यसअघि देवदहमै युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेलको दन मनोज पुनको सम्लग्नतामा हत्या भएको थियो । पुन र उनका एक जना साथीको भने ईन्काउन्टरमा यस अघि मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width