जोकोभिच बाहिरिए

एजेन्सी
जेठ २६, २०७६
djokovich

विश्व नम्बर १ नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन्। डोमिनिक थिएमसंग पराजित हुदै जोकोभिच फ्रेन्च ओपनबाट बाहिरिएका हुन्।

थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले। थिएम र जोकोभित्रबीचको सेमिफाइनल खेल खराब मौसमका कारण तीन पटक अवरुद्व बनेको थियो।

चौथो वरीयताका थिएमले उपाधिका लागि ११ पटकका च्याम्पियन राफेल नाडालसँग आइतबार प्रतिस्पर्धा गनेर्छन्। यसअघि, शुक्रबार भएको सेमिफाइनलमा स्िवस रोजर फेडेररलाई पराजित गर्दै नाडाल उपाधि फाइनल पुगेका छन्। पेरिसमा भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरेका थिए।

थिएमले यसअघि विश्व वरीयताका शीर्ष खेलाडीलाई पराजित गरेका थिएनन्। उनी दोस्रो पटक फाइनल पुग्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन्।

२५ वर्षका थिएमले भने, ‘ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेको मेरा लागि यो अविश्वसनीय दिन हो।’

Related News

सम्बन्धित समाचार

hero news full width