ललितनारायण वेष्ट प्लेयर

रधानमन्त्री कप

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७६
PM Cup Cricket, Police_Fotor

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

पुलिसलाई प्रतियोगिताको उपाधि जिताउन मुख्य भूमिका खेलेका ललित सर्वोत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन्। ललितले प्रतियोगिताको ६ खेलमा १ सय २३ रन खचेर्र २० विकेट लिएका थिए। प्लेयर अफ दि टुर्नामेन्टसँगै ललित प्रतियोगिताको उत्कृष्ट बलरसमेत बने। सर्वोत्कृष्ट खेलाडी बनेका ललितले ५० हजार नगद प्राप्त गरे । उत्कृष्ट बलर बनेका ललितले ३० हजारसमेत प्राप्त गरे।

आर्मीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान चुनिए । राजुले प्रतियोगितामा ६ खेलमा २ सय ६१ रन बनाएका थिए। उनले ३० हजार प्राप्त गरे।

आर्मीकै खड्क बोहरा प्रतियोगिताको उदयमान खेलाडी घोषित भए। उनले १० हजार नगद प्राप्त गरे। प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर पवन सर्राफ चुनिए।

Related News

सम्बन्धित समाचार

hero news full width