साहित्यिक धावकलाई व्यासभूमिमा स्वागत

समुन्द्र पौडेल
जेठ २६, २०७६
tanahun_Fotor

लुम्बिनी साहित्यिक दौडमा निस्किएका धावक लक्ष्मण सापकोटा शनिवार दमौली आइपुगेका छन। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको नेतृत्वमा विभिन्न संघसंस्थाले उनलाई दमौलीमा स्वागत गरे। कार्यक्रममा सापकोटाले नेपालमा हिमालको साहित्य लेखिनुपर्नेमा जोड दिए। ‘मरुभूमिका देशमा मरुभूमिका साहित्य लेखिन्छन, समुन्द्रको देशमा समुन्द्र किनारका साहित्य लेखिन्छन्, ’ उनले भने, ‘नेपाल हिमालको देश भएकोले हिमालको साहित्य लेख्नुपर्छ, बुद्धको साहित्य लेख्नुपर्छ। ’ मरुभूमि र समुन्द्र किनारमा साहित्यकै माध्यमबाट पर्यटक पुग्ने भन्दै उनले नेपालमा सगरमाथा, हिमाली जडिबुटी, रारा ताल, लुम्बिनी, पशुपतिनाथको साहित्यमा जोड दिनुपर्ने बताए।

युवा पुस्तालाई प्रोत्साहन गर्ने खालको साहित्य आवश्यक रहेको भन्दै उनले नेपाली साहित्यकारहरुलाई आशावादी साहित्य लेखनमा जोड दिन अनुरोध गरे। ‘आशावादी बनाउने साहित्य लेख्नुपर्छ, निराशावादी र रुन्चे साहित्य लेख्नुहुँदैन। ’ उनले भने, ‘साहित्यले युवालाई देशमै केही गर्ने आशा जगाउन आवश्यक छ। ’ उनले देशको सुन्दरता र रमणीय स्थानका बारेमा समेत कविएवं साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए।

नेपालको प्रथम साहित्यिक धावक र हिमाल आरोही सापकोटालाई दमौलीमा स्वागत गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले महाभारतका रचयिता तथा आदिकवी भानुभक्त आचार्यको जन्मस्थलमा साहित्यिक धावकलाई स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताउँदै दौडले पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने धारणाव्यक्त गरे।

जेठ १८ मा नमोबुद्धबाट नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड शुरु गरेका सापकोटाले आठौँ दिन तनहुँको डुम्रेदेखि थर्पुसम्मको दुरी पार गरेका थिए। उनको साहित्यिक दौड पोखरा, स्याङ्जा, पाल्पा, बुटबलहुँदै असार २ गते लुम्बिनी पुगेर सम्पन्न हुने गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।

विश्व शान्ति र साहित्यिक जागरणको उद्देश्यले दौडमा निस्किएका सापकोटाले २०७७ जेठमा केही साहित्यिक कृति र झण्डासहित सगरमाथा आरोहण गर्ने तयारीमा छन। २०७१ मा सोलुखुम्बुको इम्जात्से आइल्याण्ड र २०७४ मा मेरापीक हिमालको साहित्यिक आरोहण गरेका सापकोटाले २०७२ मा २ सय १७ किमीको काठमाडौं–बर्दिबास वीपी राजमार्ग) र २०७३ मा मेची महाकालीसम्मको १ हजार २६ किलोमिटर दौड सम्पन्न गरेका थिए।

साहित्यिक दौडक्रममा शनिवार दमौलीमा उनले मेरापिक हिमाल आरोहणको क्रममा सगरमाथालाई सुनाएको आफ्नो कविता ‘जीवन’ समेत वाचन गरे।

नदीहरु धर्तीमा गहिरिएर बगिरहेका छन्,

यिनीहरुको बेगलाई रोक्न कैंयौ चट्टानहरु तेर्सिएका छन्,

कैयौं पहराहरु तेर्सिएका छन्

तर यो नदी हो,

चट्टानहरुलाई चिरेर बग्न सक्ने तागत हुन्छ नदीसँग

पहराहरुलाई फोडेर बग्न सक्ने क्षमता हुन्छ नदीसँग

त्यसैले त्यसको बेगलाई रोक्न सक्ने कसको हिम्मत कसको तागत…

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width