पोखरा, २५ जेठ । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केपी नेतृत्व नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरगत कास्की काँग्रेसद्वारा शनिवार आयोजित प्रथम चरणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारमा रहेका मन्त्रीले भष्ट्राचार गर्छ, तर सरकार उनीहरुको प्रतिरक्षामा उत्रिन्छ, सहमहामन्त्री महतले भने–वर्तमान सरकारले संस्थागत भ्रष्टाचारको बाटो अगालेको छ । बर्तमान सरकारका मन्त्री तथा नेताले लाखमा हैन करोड र अरबको भष्ट्राचार गरिरहेको आरोप उनको छ ।केपी नेतृत्वको नेकपा सरकार आफै अनियमितता गर्छ, अनि आफ्नै नेतालाई छानविन समितिमा राख्छ अनि कसरी कारवाही हुन्छ महतले भने ।
वर्तमान सरकारले प्रेसमाथि आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको छ, नेता महतले भने–पूर्ण प्रेस स्वतन्त्रता प्रति नेपाली काँग्रेस प्रतिवद्ध छ र संसदमा लगिएको प्रेस काउन्सिल विधेयक पारित हुन काँग्रेसले दिने छैन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि अर्जुनप्रसाद जोशीले जागरण अभियानले नयाँ सन्देश दिएको बताए । अभियानमा केन्द्र तात्न ढिला ग¥यो तर गाउँ पहिलेनै जागिसेकेको रहेछ, उनले भने— वर्तमान सरकारको वितृष्णाले गाउँगाउँका जनताले काँग्रेस खोजेका छन् ।
पोखराको पृथ्वीचोकबाट शुरु भएको ¥याली नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित विपी चोकमा पुगेर सभामा परिण भएको थियो । वैशाख २५ गते बाट शुरु भएको पहिलो चरणको अभियान देशका ७७ वटै जिल्लामा एक महिना चलेको थियो । शनिबार देशभरनै विविध कार्यक्रमको आयोजना गरेर प्रथम चरणको जागरण अभियान कार्यक्रम समापन गरिएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदीपमोहन भट्टराईले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०