मिडिया काउन्सिल विधेयकको विरोधमा पोखरामा प्रदर्शन

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७६
p 25

पोखरा, २५ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पोखरा संचारकर्मीले विरोध प्रदर्शन गरेको छन ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अगुवाइमा शनिवार विहान पोखराको महेन्द्रपुलमा संचारकर्मीले मानव साङ्लो जुलुस प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका देशैभरीका संचारकर्मीका मागलाई नेकपा सरकारले कुनै सुनुवाई गरेको छैन ।

स्थानीय चिप्लेढुंगाबाट शुरु भएको मानव साङ्लो जुलुस महेन्द्रपुलमा पुगि विरोध सभामा परिणत भएको थियो । बिरोधसभामा बोल्दै अग्रज पत्रकार नारायण कार्कीले देशको मूल कानूनमा पूर्ण प्रेस स्वतन्त्रता भनि उल्लेख गरिएको भएपनि विभिन्न कानूनहरु मार्फत प्रेसलाई अंकुश लगाउने प्रयत्न सरकारको तर्फबाट भइरहेको बताए ।

पत्रकार रवीन्द्र वास्तोलाले सरकारद्वारा ल्याइएको मिडिया काउन्सिल विधेयक पत्रकारले कलम चलाएवापत दण्ड गर्ने नियत भएकाले तुरन्त फिर्ता गर्नुपर्ने माग राखे । पत्रकारको अधिकार खोस्नु भनेको लोकतान्त्रिक अधिकार खोस्नु हो, पत्रकार वास्तोलाले भने ।

अर्का पत्रकार पुण्य पौडेलले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानहरु प्रेस स्वतन्त्रता बिरोधी रहेकाले त्यसलाई सरकारले सच्याउनु पर्ने भनाई राखेका थिए ।

उक्त अवसरमा पत्रकार नवराज सुवेदीले प्रस्तावित मिडिया कान्सिल विधेयक अन्तर्राष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता विपरीत रहेकोले तुरुन्त फिर्ता गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभूवन पौडेलले मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता नगरे देशभरका संचारकर्मी आन्दोलनमा उत्रन वाध्य हुने बताए । बिरोध सभामा अन्य संचारकर्मीले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति संचारकर्मी एक जुट हुन आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width