नदीमा चरम दोहान, अनुगमन फितलो भएको गुनासो

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
pic – Copy

बुटवल २४ जेठ । प्रदेश ५ मा नदीजन्य पदार्थमा चरम दोहन भएको सरोकारवालाले औल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरेका हुन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अर्थ उद्योग तथा वतावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगनमनमा नगएको बताए ।

‘सवै अनुगमनमा जाने तर परिणाम केही नहुने देख्यौ त्यसैले हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौँ, उनले भने–‘तर बास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।’ उनले कानून तयार भैइसकेको र कानून कार्यन्वयनमा आएपछि समस्या समाधन हुने बताए । सभापति न्यौपानेले संघीय मन्त्रालयबाट बनेको कार्यविधि ठिक ढंगले बन्न नसकेको गुनासो व्यक्त गरे ।

कार्यक्रममा प्रदेश लेखा समिति सदस्य बैजनाथ कलवारले चरम दोहनको अवस्था रहेको भन्दै यस्तै अवस्था रहिरहे साउन पछि खोलाहरुमा माटो मात्र हुने बताए । प्रदेशसभा सदस्य समेत रहेका कलवारले प्रदेश ५ मा इतिहास मै नभएको दोहन यस वर्ष भएको बताए ।

उनले अनुगमनको क्रममा क्रसर उद्योग अवैधानिक रुपमा संचालनमा रहेको पाइएको बताए । ‘कुनै पनि क्रसरको विल विजक भ्याटमा छैनन् । अवैध विलहरुको प्रयोग भैरहेको छ ।’ उनले भने ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा उत्खनन् रोक्ने बताए । अन्तिम समयमा ठेकदारहरु खोलामा पस्न खोज्ने बेला भएको भन्दै त्यसलाई नियन्त्रण गरिने उनको भनाई छ । ‘खोलामा एक्साभेटर पस्ना साथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी हो, उनले भने –‘कही कतै पेलपाल भएको रहेछ भने त्यसलाई नियन्त्रण गरिन्छ ।’

तिनाउ नदीको दोहनले तिनाउ नदी पुल र बेथरी पुल जोखिममा पर्न सक्ने भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । वातावरण विद प्रा.डा. नारायण कँडेलले विकास निमार्ण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाहरुले ध्यान दिन नसकेको बताए । उनले वातावरणीय पक्षलाई ख्याल नगरि हुने दोहनले भाविष्यमा विकराल समस्या उत्पन्न गर्ने तर्फ सचेत गराए । ‘नदीको विषेशता नै नदीजन्य पदार्थ वहान गर्नु हो । त्यसको उत्खनन् स्वभाविक हुन्छ । उनले भने ‘वातावरणीय पक्षलाई ख्याल राख्नु पर्छ ।’

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width