पर्यटन पूर्वाधार विकासका लागि अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
pic ablokan varmand (4)

लेखनाथ, २४ जेठ । पोखरा–३२ तल्लो गगनगौडा स्थित मसिना पर्यटन सहकारी संस्था लिमिटेडका सदस्यहरुको एक टोल कास्कीको पर्यटकीय क्षेत्र घान्दु्रक र घोरेपानीको अध्ययन अवलोकन भ्रमणमा निस्केको छ ।

पर्यटकीय तथा होम स्टे को साथै लघु हाइडोपावरको रुपमा परिचित घान्दु्रकमा ग्रामिण पर्यटनका विविध पक्षको जानकारी लिन दुइ दिने अवलोकन भ्रमण गर्न लागिएको संस्थाकी कोषाध्यक्ष विमला वस्नेतले वताइन् ।

भ्रमण टेलीमा संस्थाका समिति र उप–समितिका सदस्य गर ३२ जना सहभागी छन् । टोलीले घान्द्रक, घोरेपानी र बाग्लुङ कालिका देवी मन्दिर र विभिन्न स्थानमा रहेका हाइड्रो पावरको अवलोकन गर्ने छ ।

मसिना पर्यटन सहकारी संस्थाले आफ्नै लगानीमा पोखरा–३२ को ताल खोला र खुदीखोलाको दोभान मसिनाको पर्यटकीय तथा अन्य सम्भावनाको रुपमा विकास गर्न अवलोकन भ्रमणमा निस्केको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width