एक सय ३० जेष्ठ नागरिकलाई धार्मिकस्थलमा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
1 (13)

पोखरा, २४ जेठ । पोखरा–६ का जेष्ठ नागरिकलाई पोखराका विभिन्न धार्मिक स्थलको अवलोकन गराइएको छ ।

वडा नं ६ को कार्यालयले नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखा र टोल विकास संस्था बैदामको सहयोगमा ७० वर्ष माथिका १ सय २० जेष्ठ नागरिकलाई पोखरा –२० स्थित भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम, पोखराको प्रसिद्ध बिन्द्यवासिनी, बुढानिलकण्ठ र तालबाराही मन्दिरको अवलोकन गराइएको हो ।

रेडक्रस सोसाइटी बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीका अनुसार अवलोकन भ्रमणको अवसरमा हरिहर गुफा सन्यास आश्रममा धार्मिक प्रवचन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा– २० का अध्यक्ष सीम गुरुङले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउदै जेष्ठ नागरिकको सल्लाह सुझाव र अनुभवलाई समाजको विकासको लागि खर्चगर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य पुष्पा पहारी, वडा नं ६ का सदस्य सविता ढुङ्गाना, हरिहर गुफा आश्रमका कार्यबाहाक अध्यक्ष अर्जुनबहादुर क्षेत्री, आश्रमका कोषाध्यक्ष रामजी पौडेल लगायतले जेष्ठ नागरिकहको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width