ताइपेसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले बराबरी खेल्यो

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
Nepali FootBall Team Vs TPT_Fotor

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाइनीज ताइपेसँग बराबरी खेलेको छ। विहीवार भएको खेलमा नेपालले चाइनीज ताइपेसँग १–१ गोलको बराबरी खेल्यो।

फिफा वरीयतामा १२५ औं स्थानमा रहेको चाइनिज ताइपेविरुद्ध नेपालले शुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो। १६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १–० ले पछि परेपनि दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो।

खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन्। राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो।

पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन्। अभिषेकले यसै साता मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए। उक्त खेलमा नेपाल २–० ले हारेको थियो।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाइनीज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको हो। मुख्य प्रशिक्षक योहान कालिन आएपछि नेपालले चौथो खेलपछि गोल गरेको हो। यस अगाडिका ३ खेलमा नेपालले गोल गर्न सकेको थिएन।

Related News

सम्बन्धित समाचार

  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…
  • पलेसालाई बधाईको ओइरो

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । खेलकुदमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल भएकी पलेशा गोवर्धनलाई यतिखेर बधाईको ओइरो लागेको छ । पेरिस पारालिम्पिक २०२४…
  • अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । पोखरामा अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स सुरु भएको छ । क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाले…
  • काभा भलिबलका खेलाडीलाई सरकारको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान…
  • लमजुङ एफसी च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    लमजुङ । दुबईमा आयोजित तेस्रो टाइगर कप–२०२४ युएई कपमा लमजुङ एफसी च्याम्पियन बनेको छ । फाइनलमा मेची महाकाली क्लबलाई १–०…

hero news full width