चेपाङ समुदायलाई सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
shvalaya_Fotor

तनहुँ , २३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकामा वसोवास गर्ने सीमान्तकृत जनजातिका रुपमा हेरिने चेपाङ जातिलाई एक कार्यक्रमका वीच पोशाक, शैक्षिक सामाग्री र वाध्यवादनका सामाग्री प्रदान गरिएको छ। गाउँपालिकाले उनीहरुलाई उक्त सामाग्री प्रदान गरेको हो ।

करिव १ लाख७५ हजार रुपैयाँ पर्ने कपी,कलम,झोला,पोशाकहरु उक्त समुदायहरुलाई प्रदान गरिएको हो । वन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालका अनुसार चेपाङ जातिको शारीरिक ,मानसिक, समविकास र मौलिक भाषा,संस्कृतिको संरक्षण सम्बर्धन र पर्वद्धनका लागि ५० हजार मुल्यवरावरको वाध्यवादन प्रदान गरिएको बताए ।

उक्त अवसरमा जातीय पहिचान झल्किने पोशाकहरु सहयोग गरिएको थियो । गाउँपालिकाको वडा नं १,३,४ मा वसोवास गर्ने ४४ धरधुरीका ७३ जना चेपाङ जातिका वालबालिकालाई उक्त सहयोग सामाग्री प्रदान गरिएको जानकारी बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिहं थापाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width