स्पोर्टस् अवार्ड तयारी पूरा

मनोनयनमा परेकालाई प्रमाणपत्र

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
TVS Apache Sports Awards_Fotor

टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ का विभिन्न विधामा मनोनीतलाई वुधवार मनोनयनपत्र वितरण गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरा सभागृहमा शुक्रवार दिउँसो १ बजे अवार्ड कार्यक्रम हुँदैछ।

मञ्चले लाइफटाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्न लागेको हो। वुधवार आयोजित पत्रकार सम्मेलन अवसरमा वर्ष खेलाडी महिला–पुरुष दुवैतर्फ उत्कृष्ट, उदियमान खेलाडी र प्रशिक्षकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो। मनोनीतलाई प्रमाणपत्र वितरण गरिएको मञ्च अध्यक्ष एकराज गिरीले जनाए।

वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्याक्ट कराँते) र युकेश गुरुङ (प्याराग्लाइडिङ), वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते), वर्ष उदियमान खेलाडी विधातर्फ अनुष्का शेरचन (आर्चरी), अर्जुन कुमाल (क्रिकेट) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा भीमसेन शाक्य (ह्याण्डबल), दीपक गोदार (फूल कन्याक्ट कराँते) र राजेन्द्र पाठक (हक्की) छन्।

उनीहरुलाई क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष एवं प्रतिभा छनोट समिति सदस्य सम्पन्न श्रेष्ठ, मञ्च अध्यक्ष एकराज गिरी, भलिबल संघ सल्लाहकार नारायण शर्मालगायतले मनोनयनपत्र प्रदान गरे। लाइफटाइम अचिभमेन्ट अवार्ड यसपालि बक्सिङका चित्रबहादुर गुरुङलाई प्रदान गरिने यसअघि नै घोषणा भैसकेको छ।

पपुलर प्लेयर अफ दी इयरको लागि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडी विधाका कुल ९ जनामध्ये आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था जारी छ। यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डबाट एकजना पत्रकारलाई र वर्ष उत्कृष्ट खेल संघलाई समेत नगदसहित सम्मान गरिनेछ।

पत्रकार सम्मेलनबीच सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व. सहवीर थापाका छोरा आशीष थापाले १ लाख ५ हजार, माता मनकामना कृषि फर्म पोखराका संचालक एवं राखेप सदस्य राजेश गुरुङ र लाहाचोक कृषि फर्मका संचालक ईमानसिंह गुरुङद्वारा संयुक्त रुपमा ५० हजार र होटल सिटी ईन लेकसाइडले पपुलर प्लेयर अवार्डको लागि २५ हजार दिने घोषणा गरेका छन्। मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपाल र स्वागत सचिव राजाराम पौडेलले गरेका थिए।

बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा हुने कार्यक्रममा यसपालि गण्डकी प्रदेश सरकारले ५ लाख दिने भएको छ। पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) १ लाख, नेपाल पर्यटन बोर्ड ५० हजार, रुपा गाउँपालिका २५ हजार, माननीय सांसद मीना गुरुङ (हङकङ व्युटी ईन्स्िटच्युट प्रालि) २५ हजार, फेदीखोला गाउँपालिका २५ हजार, पोखरा–१० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमा परिवारबाट २५ हजार सहयोग प्रतिबद्धता रहेको छ।

यस्तै, पोखरा कन्क्रिट कन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्ट प्रशिक्षकको लागि २५ हजार, सांसद राजीव पहारीबाट वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको लागि २० हजार, हेल्थ अपडेट मासिकबाट वर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँ नगद र सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइल प्रायोजन भैसकेको छ। यस्तै, पोखरा महानगरपालिका वडा ८ बाट १५ हजार तथा कास्की जिल्ला खेलकुद विकास समिति, सहारा क्लब पोखरा, पोखरा वडा ७, पोखरा वडा १३, बुल्म मेन क्लबले जनही १० हजार दिने भएका छन्।

उता, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रालि, सितेसियो कराँते संघ कास्की र मुआथाई संघ कास्कीले जनही ५ हजार दिने भएका छन्। यसैगरी, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, कास्कीका अन्य गाउँपालिका, पोखरा वाटर सप्लायर्स, कास्की जिल्ला बास्केटबल संघ, पोखरा खानेपानी संस्थान, पोखरा महानगरपालिकावडा ३ र ५ एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल लगायतले सहयोग प्रतिबद्धता जनाइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width