अफ्गानिस्तानमाथि श्रीलंकाको जित

आइसीसी विश्वकप क्रिकेट

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
ShreeLanka, ICC Cricket World Cup_Fotor

आइसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाले अफ्गानिस्तानलाई पराजित गरेको छ। आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफ्गानिस्तान विरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो।

खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो। खेलमा १ सय ८७ रनको लक्ष्य पाएको अफ्गानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निकालेको थियो।

अफ्गानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्वाधिक ४३ रन जोडे। ३१ दशमलव ५ ओभरमा कप्तान करुणारत्नेबाट रन आउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए। अफ्गानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे। कप्तान गुल्वादिन नइवले २३ रन जोडे।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए। म्यान अफ द म्याच बनेका प्रदीपले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए। भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए। खेलमा श्रीलंकाले ३६ दशमलव ५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा गर्यो। श्रीलंका आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width